प्रेममा छँदा तस्वीर साटासाट, सम्बन्ध बिग्रिएपछि तनाव

समाचार

कोरोना महामारीपछि नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या १३१ प्रतिशतले बढेको छ । बन्दाबन्दीमा अध्ययन–अध्यापनका यो निर्विकल्प र सहज माध्यम बने पनि इन्टरनेटमा बढ्दो पहुँचसँगै यसले किशोरकिशोरीलाई यौन हिंसाको जोखिममा पनि पारिरहेको छ । कसरी ?

कुमारीपाटी, ललितपुरकी १६ वर्षीया सुमना (नाम परिवर्तन) लाई चार महिनाअघि सामाजिक सञ्जाल फेसबुकमा रमिज राजाको ‘फ्रेण्ड रिक्वेस्ट’ आयो ।

भारतको मोतीहारी घर भएका राजा बुबासँग काठमाडौंमा बस्दै आएका थिए । फेसबुक वालको ‘पिपल यू मे नो’मा सुमनाको आकर्षक तस्वीर देखेपछि उनले साथी बन्ने प्रस्ताव पठाएका थिए ।

सुमनाले पनि राजाको रिक्वेस्ट देख्नेवित्तिकै ‘एसेप्ट’ गरिदिएकी थिइन् । उनलाई जति धेरै साथी भए, त्यति धेरै लाइक, कमेन्ट आउने लोभ थियो । नभन्दै राजाले पनि सुमनाको अधिकांश पोस्टहरुमा लाइक गरिदिन्थे । बेलाबेला कमेन्टमा लेखिदिन्थे, ‘लुकिङ ब्यूटिफूल ।’

विस्तारै सुमनाले पनि राजाको तस्वीरहरुमा लाइक फर्काउन थालिन् । राजाले ‘हेलो, हाई’ भन्दै कुराकानी अघि बढाउन थाले ।

‘सुरुमा सामान्य कुराकानी मात्र भइरहेको थियो, साथी भएपछि उनले भेट्न कर गरेपछि एक दुईपटक भेटेका थियौं’, सुमनाले प्रहरीसमक्ष भनेकी छन्, ‘भेट हुँदा दुईजनाले तस्वीर पनि खिचेका थियौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *