प्रेमी अगाडी आगोमा जलेर मरेकी पुष्पाको प्रेमीबारे बाहिरियो कसैले नसोचेको रहस्य !

समाचार

काठमाडौं । इन्गेजमेन्ट टुटेपछि ‘आत्मदाह’ गरेकी २७ वर्षीया पुष्पा न्यौपानेका प्रेमी सुदन संग्रौलालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

धुम्बराहीको पिपलबोट चोक नजिकै रहेको संग्रौलाको घर अगाडि १९ मंसिरमा जलिरहेको अवस्थामा न्यौपाने भेटिएकी थिइन् । उनको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

न्यौपानेको परिवारले सुदनसहित उनका ५७ वर्षीय बुबा दिनेश, आमा बिन्दु संग्रौला र दाइ मधु संग्रौलाविरुद्ध पनि आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएको थियो । तर, अदालतले त्यसबेलै बुबाआमा र दाइलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।

२०७८ को माघतिर पुष्पा र सुदनबीच चिनजान भएको थियो । दरबारमार्गस्थित केल्मी नेपालको स्वरुममा जाँदा सुदनको पुष्पासँग चिनजान भएको थियो ।

पछि उनीहरु विवाह गर्ने निर्णयमा पुगेका थिए । तर, इन्गेजमेन्ट भएको केही समयमै खटपट सुरु भयो । इन्गेजमेन्ट तोडिएको भोलिपल्ट पुष्पा सुदनको घर अगाडि जलिरहेको अवस्थामा भेटिएकी थिइन् ।

इन्गेजमेन्ट टुटेपछि पुष्पाको दुखान्त:व्यवसायिक परिवार, आफैं आर्थिक प्रशासनमा स्नातकोत्तर । अनि केल्मी नेपालकी अपरेशन म्यानेजर । नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेको व्यवसायिक जीवन सफलताको सिँढी चढ्दै थियो ।

तर पारिवारिक जीवनमा आइलागेको उल्झनमा उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाह गरेकी छन् । आइतबार साँझ ७ बजेतिर धुम्बराहीस्थित पिपलबोट चोक नजिकै एक घरको अगाडि जलिरहेको अवस्थामा भेटिएकी उनको उपचारका क्रममा निधन भएको छ ।

घटनास्थलमा पूर्णतः जलिसकेकी अवस्थामा भेटिएकी उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा सोमबार बिहान साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनाली बताउँछन् ।

पुष्पाले आफैंमाथि पेट्रोल खन्याएर आगो लागेको स्थान तीनै सुधन संग्रौलाको घर अगाडि हो, जोसँग उनले गरेको टिकाटालो (इन्गेजमेन्ट) शनिबार मात्रै टुटेको थियो । न्यौपानेको परिवारले सुधनसहित उनका ५७ वर्षीय बुबा दिनेश, आमा बिन्दु संग्रौला र दाइ मधु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसूरमा किटानी जाहेरी दिएको छ ।

जाहेरीको आधारमा प्रहरीले सोमबार चारै जनालाई नियन्त्रणमा लिएको प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी अंगुर जिसी बताउँछन् । यद्यपि अदालतले बुबाआमा र दाइलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ भने सुधनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।पुष्पा इंगेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा राख्न चाहन्थिन्, भिडियोहरु सुधनलाई मेन्सन गरेर पोष्ट गर्न चाहन्थिन् । तर सुधनले स्वीकृति दिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *