कठै एकै परिवारका आठ जनाको यसरी भयो एउटै चिहान

समाचार

बनेपा–११ का राजन तामाङ मंगलबार बिहानै हजुरआमा, बुबा, भाइ, बुहारी, काकाकाकी, छोरा र छोरी गरी १२ जनाको परिवार लिएर बेथानचोक–५ च्याल्टीस्थित भान्जा योगेशको छेवर (व्रतबन्ध) मा पुगेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बा ३ ख ४३८५ नम्बरको रिजर्भ बसमा उनीसहित ३९ आफन्ती थिए । शुभकार्यमा पुगेका उनीहरू सबै सकुशल फर्किन सकेनन् ।तामाङ समुदायमा संस्कारअनुसार छेवरपश्चात् राजनको परिवारले योगेशलाई मामाघर साथै हिँडाए । साँझ बस बनेपाका लागि हिँडे पनि आइपुग्न सकेन ।

बेथान्चोक–४ गणेस्थान नजिकै मूल सडकमा पल्टियो । अर्को सवारीलाई साइड दिन खोज्दा बस पल्टिएको प्रहरीले जनाएको छ ।बस पल्टिएपछिको आवाजले गणेस्थानका स्थानीयवासी नै त्रसित भएको स्थानीय डिकमान लामाले बताए ।

ठूलो आवाज आएपछि वरपर हेर्दै जाँदा मानिसहरू रोएको, कराएको सुनिन थाल्यो,’ लामाले भने, ‘बस पल्टिएको रहेछ, स्थानीय सबै जुट्यौं, प्रहरीलाई खबर गर्‍यौं, उद्धार गर्‍यौं ।’ डिकमानले बस तीव्र गतिमा आएको र ब्रेक लगाउन नसक्दा ठूलो क्षति भएको हुन सक्ने बताए ।

दुर्घटनामा १७ को मृत्यु भयो, २२ घाइते भए । एकै परिवारका ८ जना सदस्यको मृत्यु भएको छ । जसमा अधिकांश राजनको परिवारका छन् । राजनको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा उनको परिवारका ७९ वर्षीया हजुरआमा निर्मलामाया, ५५ वर्षीय बुबा कुमार, २८ वर्षीया श्रीमती मन्जु, ११ वर्षीय छोरा पुष्कर, ३० वर्षीय भाइ बुद्ध, २७ वर्षीय बुहारी कोपिला, ५० वर्षीय काका आकुर र ४३ वर्षीया काकी हेमाको मृत्यु भएको बनेपा–११ का वडाध्यक्ष शिवकुमार थापाले जानकारी दिए ।

राजनका भान्जा १३ वर्षीय योगेशको भने बालमैत्री अस्पताल उपचार भइरहेको छ । वडाध्यक्ष थापाका अनुसार राजनका कान्छो काका, काकी, भतिजीको पनि अहिले उपचार चलिरहेको छ । ‘परिवारका अधिकांश सदस्यको दुर्घटनामा परी मृत्यु भएको छ,’ उनले भने, ‘शव जिम्मा लिनेसमेत छैनन्, राजनका दुई भाइ विदेशमा छन्, उनीहरू आएपछि मात्रै शव लिने कुरा भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *