तीतै भए पनि अतीत र सत्य नकार्न सकिंदो रहेनछ’ भन्दै पूर्वपति शंकरसँगको तस्विर सेयर गरिन् जेरीले

समाचार

काठमाडौं – लोकदोहोरी गायिका बबिता बानिय जेरी र शंकर अलग भएको डेढ महिना भयो । कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा जेरी र शंकर क्षेत्रीबीच कानुनीरुपमै सम्बन्ध विच्छेद गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमतिमा अलग भएको डेढ महिनापछि जेरीले फेसबुकमा पूर्वपतिसँगको तस्वीर सेयर गर्दै शंकर र छोरकिो तस्विर पोस्ट गरेकी छन् ।

तीतै भए पनि अतीत र सत्य नकार्न सकिंदो रहेनछ भन्ने स्टाटस लेखेर जेरीले पूर्व पति शंकर र बच्चासँगको तस्विर सेयर गरेकी हुन् । तस्विरमा विभिन्न खालका प्रतिकृया आइरहेका छन् । केहीले सम्बन्ध सकिंदैमा सद्भाव सकिनुपर्छ भन्ने छैन भनेर लेखेका छन् ।

केहीले माया दोहोरो भएको भए यो दिन आउने थिएन भनेर लेखेका छन् ।कतिपयले पुनः जोडिन सुझाएका छन् । श्रीमानको विवाहेत्तर सम्बन्ध पनि खटपटको प्रमुख कारण रहेको जेरीले अलग भएपछिको एक अन्र्तवार्तामा उल्लखे गरेकी थिइन्***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *