बालेनको हातखुट्टा भाच्ने चेतावनी दिने महेश बस्नेतको लज्जास्पद हार, काँग्रेसले मार्यो बाजी

समाचार

भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्।उनले २२२४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार महेश बस्नेतले २१६४३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ

वीराटनगर – कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट निर्वाचित भएका छन्।पछिल्ला तीन निर्वाचन मध्ये दुई वटामा पराजित भएका शर्मा एमालेका अग्नि खरेललाई १४ हजार भन्दा बढी मतले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् भने खरेलले २५ हजार ३४९ मत पाए।उनीहरुबीच १४ हजार २७५ को मतान्तर छ। झापा १ का ८१ हजार ७६४ मत खसेको थियो।

अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा ९एकीकृत समाजवादी०का शेरबहादुर कुँवर विजयी भएका छन्। दुई वटा निर्वाचन क्षेत्र रहेको अछामको यो क्षेत्र भीम रावलको क्षेत्र हो। यहाँ विगत १५ वर्ष यता एमालेको एकलौटी जित हुँदै आएको थियो।

यो क्षेत्रमा २०४८ र २०५६ मा दुई पटक पराजित बनेका रावल त्यसबाहेक ४ निर्वाचनमा विजयी बनेका थिए। २०४८ मा पराजित बनेपछि ५१ को संसदीय चुनावमा रावलले जित निकालेका थिए। बहालवाला मन्त्री रहेकै अवस्थामा २०५६ मा उनी पराजित बने।

२०६४ मा उक्त क्षेत्रबाट तत्कालीन समयमा एमालेमा रहेका कुँवर विजयी भए। भीम रावल समानुपातिक प्रणालीबाट संसद् छिरे। २०७० सालको संविधान सभा र २०७४ को निर्वाचनमा रावल विजयी बने।

अहिले एमालेका झपट बोहरालाई पराजित गरी विजयी भएका कुँवर एमालेबाट २०६४ मा विजयी भएका थिए। कुँवर २०७४ मा राष्ट्रियसभा सदस्य बनेका थिए। नेकपा विभाजनमा एमाले छोडेर समाजवादीतर्फ लागेका उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री पनि हुन्।

प्रतिनिधिसभा तर्फको निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ मा कुँवरले १९ हजार ५ सय ३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी बोहरालाई पराजित गरेका हुन्। बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे। स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *