१४ वर्षदेखि लगातार गर्भवती फेरि बच्चा जन्माउँदै १६ सन्तानकी आमा !

अन्तराष्ट्रिय

काठमाडौं । अमेरिकाकी एक महिलाले हालसम्म १६ वटा बच्चा जन्माइसकेकी छिन् । उनी पुनः सत्रौँ बच्चाकी आमा बन्नेवाला छिन् ।उनको गर्भमा अहिले १३ हप्ताको बच्चा छ । आफ्नो जीवनकालमा २० वटा बच्चा जन्माउने उनको इच्छा छ ।

द सन को रिपोर्ट अनुसार पेटीले आफ्नो पति कार्लोसलाई सम्मान व्यक्त गर्नका लागि आफ्ना सबै बच्चाको नाम सी अक्षरबाट राखेकी छिन् ।पति कार्लोसले बच्चा र घरको राम्रोसँग हेरविचार गर्ने गरेको उनी बताउँछन् । उक्त दम्पत्तिले एक सरसफाई कम्पनी चलाइरहेका छन् ।

अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने ४० वर्षकी पेटी हर्नान्डिज पछिल्लो १४ वर्षदेखि लगातार गर्भवती बन्दै आएकी छिन् । उनका पतिको नाम कार्लोस हो, जसको उमेर ३९ वर्ष छ । पेटी र कार्लोस दम्पत्ति धेरैभन्दा धेरै बच्चा जन्माउन चाहन्छन् ।

उनीहरुका बच्चाहरुमा १४ वर्षका कार्लोस जुनियर, १३ वर्षका क्रिस्टोफर, ११ वर्षकी कार्ला र क्याटलिन, १० वर्षका क्रिश्चियन र सेलेस्टे, ९ वर्षकी क्रिस्टिना,

७ वर्षका केल्भिन, क्याथरिन तथा ५ वर्षका क्यालेब र क्यारोलिन छन् । त्यस्तै क्यारोल, क्यामिला, शार्लेट, क्रिस्टलसँगै सबैभन्दा सानो १ वर्षका क्लेटन छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *