कुनै पनि फलको सेवन गर्नु मानिसको शरीरको लागी फाइदाजनक हुन्छ । हरेक फलको आफ्नो आफ्नो फाइदा हुने गर्दछन् ।किवी,अम्बा,नेसबरी,स्याउ आदि यस्ता फल छन् जसलाई खानको लागी सल्लाह दिने गरिन्छ ।
तर आज हामी जुन फलको बारेमा कुरा गर्न जाँदछौँ ती फलहरु खानमा स्वादिष्ट हुनुको साथसाथै स्वास्थ्यको लागी पनि एकदमै फाइदाजनक हुने गर्दछन् । अम्बा (बेलाउती)लाई अङ्ग्रजीमा guava भन्ने गरिन्छ ।
बेलाउती खानाले कयौँ बिमारीहरु ठिक हुने गर्दछन् । तपाई यो जानेर अच्चमित हुनुहुनेछ कि यो डाइबिटिज र थाइराइड जस्ता बिमारीलाई सँधै टाढा राख्ने गर्दछ ।
हेर्ने हो भने सबै मानिसलाई कोही एक न एक बिमारी त भएकै हुन्छ । तर तर दुनियाँ भरमा सबैभन्दा बढि मानिसहरु बिमारी डायबिटीज र थाइराइडको कारणले हुने गर्दछन् ।
मधुमेह र थाइरोइड रोग त्यस्तो हो जसलाई नियन्त्रण गर्नका लागी स्वस्थ जीवनशैली अनुसार जिउँनको लागी सल्लाह दिइन्छ।बेलाउतीको सेवन गरेर, व्यक्ति धेरै समस्याहरु बाट छुटकारा पाउन सक्छन् ।यस्ता छन् बेलाउती खानुका फाइदाहरु: बेलाउती एक उच्च ऊर्जा खाना हो जसमा धेरै लाभदायक भिटामिन र खनिजहरू पाइन्छन्
जुन हाम्रो मुटु, छाला, कपाल, दिमाग र हड्डीहरूका लागि लाभदायक हुन्छन्। बेलाउतीमा भिटामीन B9 पाइने गर्दछ । जसले शरीरको केशिकाहरु र DNA एलाई सुधार गर्नमा सहयोग गर्दछ।