तर यो अनुहारको कालो धव्बा हटाउनको लागि धेरै उपयोगी हुन्छ। पुरानो ब्रश नरम भैसकेको हुन्छ, त्यसैले यो गर्दा पुरानो ब्रस प्रयोग गर्यौं भने हाम्रो छालालाई हानी पुर्याउदैन। तर त्यो ब्रस आफ्नो अनुहारमा प्रयोग गर्नु अघि सफा र स्वच्छ छ कि छैन भन्ने कुरा चाँही ख्याल गर्नुपर्छ।
दन्त मन्जनले अनुहारको दाग हटाउछ भन्दा अचम्म लाग्न सक्छ । दन्त मन्जनले त दात पो सफा गर्छ भन्ने सोचिरहनु भएको होला?आवश्यक सामग्री:
पुरानो टूथब्रश ,सेतो टूथपेस्ट ,बेकिंग सोडा १ कचौरा।बनाउने तरिका:एउटा सुख्खा सफा कचौरा लिनुहोस्।१ चम्चा बेकिंग सोडा र १ चम्चा मन्जन हाल्नुहोस्।यसमा २ चम्चा पानी थप्नुहोस् र राम्ररी मिसाउनु होस्।
सो मिश्रण टूथब्रशमा लिई आफ्नो नाक स्क्रब गर्नुहोस्।अन्तिममा सफा पानीले अनुहार धुनुहोस्।यो प्रक्रिया सुत्नु अघि हप्ताको २-४ पटक दोहोर्याउनुहोस्। बेकिंग सोडा र मन्जनको मिश्रणले pores खुलाउने र छालाका तहहरूबाट अतिरिक्त तेल हटाउने काम गर्छ।अनुहारको दाग हटाउने २० तरिका:
दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ । कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ ।दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ ।
घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पुर्याउँछ । बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन् ।
आलुलाई स्लाइस पारी काट्ने । यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ । आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ । बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ ।
पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ । प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ । साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।