कालापानी लिपुलेक नेपालको हो अब बिर्सिदिए हुन्छ भन्दै मोदिलाई रबिको पत्र…

समाचार

काठमाडौँ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नेपालको आधिकारिक क्षेत्रफल घोषणा बारेमा मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताएकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठकमा उठेका प्रश्नको जवाफ दिँदै आवश्यक प्रक्रिया पूरा गरी क्षेत्रफल घोषणा गर्ने उनले जानकारी दिइन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउन सरकारी निकायले वार्ता र कूटनीतिका माध्यमबाट आवश्यक पहल गरिरहेको उल्लेख गर्दै शंका नगर्न पनि उनले आग्रह गरिन् ।

‘नेपालको भूभाग सिमाना र क्षेत्रफलका विषयमा समेत माननीय सदस्यहरूको चासो र चिन्ता प्रकट भएको मैले पाएँ । यसै सम्मानित सदनबाट कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका भूभाग नेपालको सार्वभौम भूमि रहेको विषय एकमतले पारित गरेको विषयको ऐतिहासिक तथ्य हुँदाहुँदै यस विषयमा थप शंका उपशंका गरिरहनु पर्ला र ? कतै हामी आफैमाथि अविश्वास त गरिरहेका छैनौँ,’ उनले भनिन्, ‘ती भूभाग निसन्देह: नेपाली भूमि हो भन्ने विषयमा नेपाल सरकार दृढ र विश्वस्त छ ।

ती स्थानहरू नेपालको भोगचलनमा ल्याउन सरकारको सक्षम निकायले वार्ता र कूटनीतिका माध्यमबाट आवश्यक पहल गरिरहेकै छ ।’ सरकारले २०७७ साल जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेकी थिइन् ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलो मिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।

एमालेले पनि धेरै ठाउँमा चुनाव जितेको छ, त्यसलाई पनि पैसाको बलमा चुनाव जितेको भन्ने?म त चुनावभरि गोरखामा थिएँ। दाबीको साथ भन्छु, मैले गोरखामा कहीं भतेर गराइनँ। एउटा पनि मत किनिनँ। कसैलाई अनैतिक रूपमा प्रभाव पार्ने काम गरिनँ। गोरखा क्षेत्र नम्बर २ भित्र कानूनी, नैतिक र एउटा नेताले जिम्मेवार भएर वहन गर्नुपर्ने भूमिका उल्लंघन गरिनँ। गोरखा क्षेत्र नम्बर २ बाहेक अन्य ठाउँमा कहाँ के भयो, मलाई जानकारी छैन।

आजको समयमा पनि म हुँदो रहेछ। कसैले कसैलाई पैसा बाँडेको देखाउन सकिने गरी प्रमाण त पाइएन। तर, अहिले पनि ग्रामीण भेगमा सबै किसिमका हतकन्डा प्रयोग गरिने रहेछ। आमा समूह, युवा समूह र अन्य संगठनलाई सहयोग र अन्य बहानामा पैसा गएको सूचना पाएका थियौं। मतदानकै वेला पनि एक व्यक्तिले १७ पटकभन्दा बढी मत हाले। मृत्यु भइसकेका तथा विदेश तथा बाहिर भएका व्यक्तिको नाममा पनि मत हाले। यस्ता विभिन्न हतकन्डा भए जुन निष्पक्ष चुनावमा हुनुहुन्नथ्यो।

पुष्पकमल दाहाललाई हराउँछु भनेर चुनावमा होमिनुभएको थियो। तर‚ कुनै संगठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारभन्दा पनि पछि पर्नुभयो नि?हामीले अपेक्षाकृत मत प्राप्त गर्न सकेनौं। म जति ठाउँमा पुग्न सकें र जति मतदातालाई प्रत्यक्ष भेट्न सकें, त्यति मात्र भोट आएको महसूस भएको छ। अर्को कुरा, अहिले देशव्यापी स्वतन्त्र पार्टीको ल

यो मेरो राजनीतिक शुरूआत हो। मैले धेरै सिक्नुपर्ने रहेछ भन्ने अनुभूति भएको छ। ‘पोलिटिकल क्याम्पेन’ मा गर्नुपर्ने धेरै काम गर्न सकिनँ। यति हुँदाहुँदै पनि सात हजार ३९५ मत प्राप्त गरें। गोरखामा सक्रिय राजनीति शुरू गर्न यो मत खुट्टा टेक्ने बलियो आधार भएको छ। योभन्दा अघि यहाँ मेरो कति प्रभाव हुन सक्छ भन्ने आकलन गर्न सक्दिनथें। अब यस्ता सबै प्रश्नको जवाफ र थप मैले के गर्नुपर्छ भन्ने कुराको भेउ पाउन थालेको छु। मैले गर्नुपर्ने धेरै छ भन्ने कुराको ज्ञान बढेको छ।

भोट चुनावमा पराजित भए पनि म गोरखाका लागि नै काम गर्छु। मैले घोषणापत्रमा उल्लेख गरे झैं उद्यमशीलताको विकास गर्ने र गोरखामा रोजगारी बढाउने योजनामा काम गर्छु। अब सरकार बने लगत्तै सक्रिय रूपमा ती काम गर्न थाल्नेछु।

मैले चुनाव हारे पनि एमालेले चुनाव हारेको छैन। अर्को कुरा‚ व्यक्तिगत तरीकाले पनि काम गर्न सक्छु। जस्तो कि, विभिन्न समाजसेवीले व्यक्तिगत रूपमै शिक्षा र स्वास्थ्यका क्षेत्रमा राम्रो काम गरेका छन्। म उनीहरूकै मोडलमा यहाँ उद्यमशीलताका लागि काम गर्नेछु। अबको ६ महीनामा हामीले कसरी काम गर्छौं भन्ने देखिन थाल्नेछ।गोर्खामा माओबादि बाहेक कसैले कहिले पनि चुनाब जित्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *