लाजमर्दो तरिकाले हार्ने भएपछि रिसाउँदै बोले हिमेश पन्त, भने ‘रक्सी र मासुमा बिकेकाले मलाई के भोट हाल्थे’

समाचार

काठमाडौं । काठमाडौँ र चितवन लगायत विभिन्न ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले शानदार जित दर्ता गरिरहेका बेला धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार कमेडियन हिमेश पन्त भने ठूलो मतान्तरले पछि परेका छन् ।

कमेडियन हिमेश पन्त नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेसँग ठूलो मतान्तरले पछि परेका बेला उनले मतदाताप्रति अपमानजनक टिप्पणी गर्दै रक्सी र मासुमा बिकेको गम्भिर आरोप लगाएका छन् ।

मतगणना भइरहेको उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बनाइरहेका छन् । हिमेश सुरुवातदेखि नै तेस्रो स्थानमा छन् । पछिल्लो मत परिणाम अनुसार उनी पाण्डेभन्दा ९ हजार भन्दा बढी मतले पछाडि छन् । आँफुले हार्ने निश्चित भइसकेपछि हिमेशले सामाजिक संजालमा अपमानजनक टिप्पणी गर्दै भनेका छन् ‘हामी प्रचारप्रसारमा हिंड्दै गर्दा ‘जसले दिन्छ नोट, उसैलाई भोट’ भनेको पनि धेरै सुन्न पाइयो ।

कतिले त ‘भोट चाहिए रक्सी खुवाउनुस्’ सम्म भन्न भ्याए । धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो हुन सक्दैन ।’ हिमेशले लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै

करोडौं करोड खर्च गरेर चुनाब लड्नेहरुसँग २/४ लाख खर्च गरेर चुनाव लड्नु कुनै जोक हैन। धादिङ क्षेत्र नं १ मा ५ ओटा गाउपालिका र 1 ओटा नगरपालिका छ। हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भएतापनि पहाड,गाउँ र लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार आएको छैन।

हामी प्रचार-प्रसारमा हिड्दै गर्दा “जस्ले दिन्छ नोट, उसैलाई भोट।” भनेको पनि धेरै नै सुन्न पाइयो। कतिले त “भोट चाहिए रक्सी खुवाउनुस्।” सम्म भन्न भ्याए। धादिङ कुनै पनि हालतमा काठमाडौ जस्तो हुदै हैन। निर्वाचन आयोगले दिएको १२/१३ दिनको प्रचार-प्रसारमा ५३ ओटै वडामा पुग्नु असम्भव मात्रै हैन अकल्पनीय थियो। म यत्ति भन्न सक्छु हामीले ल्याउदै गरेको भोट : मासुभातको बदलामा आएको भोट हैन, पैसाले किनेको भोट हैन र कुनै डर-धम्कीबाट आएको भोट हैन। विना-संगठन, विना गठबन्धन, विना पैसा, विना अनुभव…

मुख्यमन्त्री राजेन्द्र पाण्डेसॅग भिड्ने दम कुनै युवामा थियो ??….सिन्डिकेट तोडिएको छ, यो एउटा सुरुवात हो। जग हाल्ने कामको थालनी भएको छ। हाम्रो सम्मानित मत आउदै गर्दा जनता झुक्याएर सत्तामा पुग्नेहरुको मनभित्र ढ्याङ्रो बजेको छ। यहि नै हाम्रो ठुलो उपलब्धी हो। 🙏❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *