म यो देशको ढुकुटी को पाले हु कसैलाइ एक रुपैया चोर्न दिन् कसैलाई भ्रष्टाचार गर्न दिन् । यो देश सबै घुस खोरी दलालले सबै देश खाई सके देश बेच्न लागिसके भन्दै कडा रुपमा बोलेका छन् पूरा हेर्न सुन्न भिडियो हेर्नुहोला ।
यो पनि पढ्नुहोस आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडिओ बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ।
निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडिओ बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडिओलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
यसअघि शनिबार नै आयोगले चुनावसम्बन्धी गीत सामाजिक सञ्जालमा राखेको थियो। उक्त गीतबारे तीव्र आलोचना भएपछि उक्त गीतको भिडिओ अहिले हटाइएको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यस अगाडि पोस्ट भएको निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री परिमार्जनका लागि हटाएका छौँ।
यसबाट सामाजिक सञ्जाल प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति निर्वाचन आयोग क्षमा प्रार्थी छ। टिकटक भिडिओ प्रतियोगितामा सहभागी हुनेले २० सेकेन्डदेखि एक मिनेटसम्मको भिडिओ बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ।