रवि लामिछाने पनि बालेन पथ मै, एक पछि अर्काे एक्शनमा देशैभर यस्तो घोषणा ! हुदैछ यस्ता यस्ता कामहरु

समाचार

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनअघि बालेन्द्र साह बालेनले अन्तर्वार्ता दिन कुनै युट्युब र मिडिया बाँकी राखेनन् ।आफ्नो कुरा जनतासँग राख्न उनले मिडिया र युट्युबको सहारा लिएका थिए ।उनी आफ्नो उद्देश्यमा सफल पनि भए । काठमाडौं महानरपालिकावासीले अत्यधिक मत दिएर बालेनलाई मेयरमा जिताए । तर जब उनी मेयरको कुर्सीमा बसे, तबतब मिडियासँग टाढिँदै गएका छन् ।

अब उनी आफ्नो काम कसैलाई थाहै नदिई गर्न चाहन्छन् । त्यही भएर मेयर जितेदेखि बालेनले कुनै मिडिया र युट्युबलाई अन्तर्वार्ता दिएका छैनन्।हिजो उनको प्रशंसा गाउने युट्युबे र मिडिया उनीसँग टाढिँदै गएका छन् । बालेनले अबको चार वर्षसम्म मिडियालाई अन्तर्वार्ता नदिने नीति बनाएको उनी निकट स्रोत बताउँछ ।

अहिले चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि बालेनकै शैली पछ्याएका छन् ।निर्वाचन जितेलगत्तै उनले पनि अबको पाँच वर्ष आफूले मिडियामा अन्तर्वार्ता नदिने, केही कुरा बुझ्न चाहे पार्टी प्रवक्तालाई सोध्न भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *