जथाभाबि बोल्दै हिडे गगन थापालाइ पार्टीबाटै कारबाही गर्छु : देउवा

समाचार

सत्तारुढ दल नेपाली कांग्रेसभित्र प्रधानमन्त्री पदका दावेदारहरु धेरै भएपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा झस्किएका छन् । कांग्रेसभित्र पार्टी सभापति देउवा सँगै बरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान श्रेष्ठ र महामन्त्री गगन थापा प्रधानमन्त्रीका दाबेदार रहेका छन् ।

यसरी प्रधानमन्त्री पदका आकांक्षी धेरै भएपछि कांग्रेस सभापति देउवाले ति नेतालाई तह लगाउनेगरी रणनीति अख्तियार गर्दैछन् ।उनले सकेसम्म ति नेताहरुलाई रोजेको मन्त्रालय दिने तथा राष्ट्रपतिको कार्ड फ्याक्नेसम्मको तयारी गरिरहेका छन् । यसका लागि देउवाले आफ्ना दूतलाई परिचालित समेत गरेको बालुवाटारमा चर्चा चल्न थालेको छ ।

नेताहरुले प्रधानमन्त्री पद माग्न थालेपछि उनले सत्तासाँझेदार पार्टीका नेतासँग सहमति लिनका लागि पठाएको चर्चा पनि चलेको छ । केही दिनअघि मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रकाशमान बालकोट पुगेका थिए ।

यस्तै बरिष्ठ नेता पौडेल पनि नेकपा एसका अध्यक्ष माधवलाई भेट्न कोटेश्वर पुगेका थिए । उनीहरुलाई रिङ्ग्याएर अन्तिममा आफै प्रधानमन्त्री हुने दाउमा देउवा रहेका छन् ।

प्रधानमन्त्री दावेदार नेताले संसदीय दलको निर्वाचन लड्नेसम्मको घोषणाले कांग्रेस पार्टीभित्र एक खालको सन्नाटा नै छाएको बताईन्छ ।देउवा आफ्नै नेतृत्वमा पार्टीलाई पहिलो स्थानमा ल्याउने काम भएकोले फेरी पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छन् ।
आफै अगाडी सर्नुको सट्टा उनी सत्तासाँझेदार दलका शिर्ष नेताले आफ्नो नाम सिफारिस होस भन्ने चाहना राखेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) पनि प्रधानमन्त्रीका लागि खुट्टा उचालेर बसिरहेका छन् ।

प्रचण्ड कांग्रेससँग आधा आधा कार्यकाल भएपनि प्रधानमन्त्री पद बाँडेर चलाउन चाहन्छन् । उता एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आफूले पाए प्रधानमन्त्री हुन तम्सिएका छन् । तर यस विषयमा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मान्ने पक्षमा देखिदैन ।

समाजवादीले आफूले प्रधानमन्त्रीमा दाबी राखेपनि अन्तिममा सभामुख दिए मान्ने तरखरमा रहेको छ । यस विषयमा मेटमणी चौधरीले मुख नै खोलिसकेका छन् । उनले अन्मित बटमलाइनको रुपमा सभामुख हुनसक्ने आंकलन गरेका हुन ।

मतदातालाई ह्वीप – मन नपरे पनि नेताले भनेको ठाउँमा भोट हाल्नुपर्थ्यो। हिजो आफैँले दुर्बल भनेको पार्टी र नेतालाई आज सबैभन्दा अब्बल भन्नुपर्थ्यो । आफूले आफूलाई नै ढाँट्नुपर्ने स्थिति थियो । आफ्नो आत्माले एउटा भन्छ तर जिब्रोले अर्को बोल्नुपर्ने बाध्यता कार्यकर्तालाई सायद अब फेरि नपर्ला कि ?

४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनका राजनीतिक दलहरूले आफूलाई मात्र नभएर आफूले भनेको पार्टीको उम्मेदवारलाई मत हाल्न मतदातालाई ह्वीप जारी गरे । शब्द ह्वीप प्रयोग नगरेको भए पनि यो एक प्रकारको अघोषित ह्वीप नै थियो । अझ पार्टीका कार्यकर्ताको लागि स्पष्ट र ठाडो ह्वीप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *