म आमा बन्नको लागि विवाह गर्दिन तर केटाहरुलाई भाडामा लिन्छु : सावित्री सुवेदी

समाचार

काठमाडौं । समयसमयमा चर्चामा आइरहने महिला अधिकारकर्मी सावित्री सुवेदी फेरि चर्चामा आएकी छिन ।यो भन्दा पहिले पनि विभिन्न बयानका कारण चर्चामा आएकी उनी अहिले पनि त्यसरी नै भाइरल भएकी छिन् ।

उनले एक युट्यव च्यानललाई दिएको अन्तरवार्तामा आफु बाबु विनाको आमा बन्न चाहेको उल्लेख गरेकी छिन् ।आफु अहिले तीस वर्षको भएको भन्दै अबको पाँच वर्ष पछि कुनै पुरुषसँग यौ नसम्पर्क गरेर बच्चा जन्माउने योजना रहेको बताएकी हुन् ।उनले पुरुषलाई भाडामा लिएर आमा बन्न लागेको विषय अहिले चर्चामा आएको छ ।

विशेष गरेर पश्चिमा देशहरुमा चर्चामा रहेको सिंगल मदर नेपालमा पनि आफुले सुरु गर्न लागेको जनाएकी छिन् ।यसमा कुनै पनि महिलाले आफुले चाहेको पुरुषसँग केही रकम दिएर यौनसम्पर्क राख्ने गर्छन तर त्यो युवक त्यो बच्चाको बुवा भने हुँदैन ।अहिले महिलाहरुले पनि पुरुषका लागि सन्तान जन्माउने गरेका घटनाहरु समयसमयमा चर्चामा आउँने गर्दछन् ।

फेवाको किनारबाट रङकर्मीले देखे ‘प्योर प्रकृति’–नारायण ढुङ्गाना/पोखरा, ४ असोज (रासस)ः विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका दृष्यपान गर्दै आफ्नै लयमा रमाइरहेका थिए स्वदेशी तथा विदेशी पर्यटक । कतै तस्वीर खिच्दै गरेका त कतै सेल्फीमा रमाइरहेका थिए उनीहरु ।

कलाकारको जमघटले त्यहाँको माहोल बाक्लिएको पाइन्थ्यो । फेवातालबाट देखिन दृश्यले कलाकारलाई चुप लागेर बस्न दिएन । आएका कलाकार दुरान्तर कायम गर्दै मस्तिष्कमा खिचिएका दृश्यलाई टाइपोट र इजलका साथ जलरङमा कुची चोपेर क्यान्भास रङ्ग्याउन थालिहाले । कोही डुङ्गामा पुगे, कोही बाराही मन्दिर गए, कोही फेवा किनारमै बसे त कोही ‘वाकिङ प्लेस’का प्रतिक्षालयबाट नियाल्दै चित्र कोर्न लागे ।

विभिन्न कोण समाएर कलाकारले फेवालाई टम्म घेरे । आ–आफ्नो कोणबाट दृश्य सिर्जना गरे । उनीहरूको तीन दिनदेखिको थकान फेवाले बिर्साइदियो । आगन्तुक आन्तरिक र बाह्य पर्यटक आफ्ना आँखाले नियालिरहेका दृश्यहरू क्यान्भासमा देख्न पाउँदा ट्वाल्ल परेका थिए । उनीहरूले कलाकारसँग तस्वीर र सेल्फी लिन पनि भ्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *