माओवादीलाई प्रधानमन्त्री नदिए रोडमा जाने : प्रचण्ड

समाचार

प्रधानमन्त्रीमा माओवादीको दाबी कति उचित ?कति छ सम्भावना।निराशाजनक नजिता प्राप्त गरेपछि माओवादी कार्यकर्ता र तल्लो तहका नेताहरु चाहन्छन् यसपटक पार्टी प्रतिपक्षमै बसोस्, जनताका बीचमा जाओस् र उनीहरुको आवाज बोलोस् ।

तर, उपल्लो तहका नेताहरु त्यो भन्दा ठीक विपरीत सोचमा छन् । सरकार भन्दा बाहिर रहने त उनीहरुले कल्पना नै गरेका छैनन् । बरु, उनीहरु सत्ता गठबन्धनभित्रबाट पहिलो चरणमै सरकारको नेतृत्व लिने उपायको खोजीमा छन् ।

यसबारे गठबन्धनको बैठकमा कुरा राख्ने तयारी माओवादीको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट नेताहरुले सार्वजनिकरुपमै समेत सरकारको नेतृत्व दावी गर्न थालेका छन् ।प्रचड निकट नेता बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पहिलो चरणमै प्रधानमन्त्री माओवादीलाई दिनु नेपाली कांग्रेसको दायित्व भएको उल्लेख गरेका छन् ।

लोकतान्त्रिक–वाम गठबन्धन चुनावपछिको मात्रै गठबन्धन नभएर गत २०७४ को चुनावमा प्रत्यक्षतर्फ २३ सिटमात्रै जित्न सफल नेपाली कांग्रेसलाई प्रधानमन्त्री स्वीकार गरी लोकतन्त्रलाई बचाउने अभियानको एक हिस्सा समेत हो’, उनले फेसबुकमा लेखेका छन्, ‘यस पटक बिना विवाद नेपाली कांग्रेसले पहिलो प्रधानमन्त्री नेकपा माओबादी केन्द्रलाई स्वीकार गर्नु ।

यस अभियानलाई मजबुत पार्नुको साथै उसको नैतिक राजनीतिक दायित्व समेत बन्दछ ।’उनले माओवादी केन्द्र एक्लैले चुनाव लडेको नभई सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडेकाले हारजित पनि गठबन्धनकै हुने बताए ।

अहिलेको हार जित पनि गठबन्धनकै हो । हामी एक्लै एक्लै चुनाव लडेको भए तेस्रो पार्टीले किन सरकार… भन्नु स्वाभाविक हुन्थ्यो । तर गठबन्धनभित्र सहमतिहुन्छ भने पावर शेयरिङ हुनु स्वाभाविक हो’ उनले अनलाइनखबरसँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *