पत्रकार ऋषि धमलाको भारतीय खुफिया एजेन्सीका हाकिमसँग गोप्य भेट

समाचार

रिपोर्टर्स क्लबका चर्चित अध्यक्ष ऋषि धमलाले भारतीय खुफिया एजेन्सी ‘र’ का नेपालस्थित प्रमुखसँग गोप्य भेट र वस्तुस्थितिको रिपोर्टिङ गरेका छन् । धमला ‘र’ प्रमुख राघवप्रसाद भटनागरसँग हिजो बिहान एक घण्टा छलफलमा बसेका हुन् ।

भट्नागरसँग भेट गर्न धमला उनको निवास विशालनगर पुगेको बताइन्छ । बिहान १० बजे त्यहाँ पुगेका ऋषिले ११ बजेको समयमा फर्केको पत्नी एन्जिला गौतमलाई बताएका थिए ।उता नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ ।

उहाँ तीन दिन नयाँ दिल्लीको बसाइपछि अस्ति काठमाडौं फर्कनुभएको थियो । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवासँग राजदूत श्रीवास्तवले अस्ति मध्यान्ह साढे १२ बजेदेखि दिउँसो साढे १ बजेसम्म भेटवार्ता गर्नुभएको बताइन्छ ।

गत साता नयाँ दिल्ली जानुअघि पनि उहाँको प्रधानमन्त्री देउवासँग दुई पटक कुराकानी भएको थियो ।त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता भयो । अस्ति राजधानी फर्केपछि हिजो शनिबार राजदूत बालुवाटार पुग्नुभयो र चुनावी बिजयको शुभकामना दिनुभयो ।

नेपालमा हालै सम्पन्न आमनिर्वाचनको पछिल्लो परिणाम र आगामी राजनीतिक परिदृश्यबारे जानकारी गराउन उहाँ नयाँ दिल्ली जानुभएको बताइन्छ । तर भारतीय राजदूतावासले राजदूत श्रीवास्तव नियमित राजनीतिक प्रतिवेदन पेश गर्न उता जानुभएको अनौपचारिक जानकारी गराएको छ ।

यो पनि – माओवादी केन्द्र अबको सरकार गठन गर्न ‘जता पनि तयार’ देखिएको छ। अपेक्षाअनुसार चुनावी नतिजा आफ्नो पक्षमा नआएको विश्लेषणसहित उक्त पार्टी सरकार गठनमा सबै विकल्प खुला राख्ने पक्षमा उभिएको हो।

पाँच दलीय सत्ता गठबन्धन छाड्ने निर्णय नभए पनि ‘एमालेसँग मिलेर सरकार गठन’ को विकल्प खुला राख्ने नेताहरूले बताएका छन्। उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका विषयमा एमालेसँग मिल्न सकिनेलगायत विकल्प खुला राखिएको बताए। ‘अहिले जुन गठबन्धन छ त्यो छोड्ने निर्णय होइन,’

नेता महराले भने, ‘अरू सबै विकल्प हामीले खुलाएका छौं।’ चुनावी समीक्षा गर्न शनिबार माओवादी पदाधिकारीको बैठक बसेको थियो। बैठकमा अपेक्षाअनुसार चुनावी परिणाम नआएको निष्कर्ष निकालिएको महराले बताए। महासचिव देव गुरुङले एमालेसँग पनि सरकार गठनका लागि वार्ता र संवाद हुने बताए।

राजनीतिक कोर्स जता पनि जान सक्ने उल्लेख गर्दै नेता गुरुङले गठबन्धन अहिले यथावत् रहेको बताए। तर, भावी समीकरणबारे अहिले नै टुंगो नलागेको उनको भनाइ थियो। एमाले नेताहरू पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न अरू दलसँग संवाद र सहकार्य गर्ने बताइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *